+
+

प्रचण्डको प्रश्न : नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १२:३३

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको बताएका छन् ।

पहिलो र  दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको उनले बताए ।

संसदमा विश्वासको मत लिने  प्रस्ताव राख्दै उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ ।’

‘‘तपाईंहरुको यात्रा प्रतिगमनतिर हो भन्ने तपाईंहरुको सहमतिको तरिका, सहमति गरेका ठाउँहरु, सहमतिको तयारी कसका घरमा गर्नुभयो ? हस्ताक्षर कसका घरमा गर्नुभयो ? त्यो समय कुन रोज्नुभयो भन्ने आम जनताले नजिकबाट हेरिरहेका छन् । त्यसको हिसाब राखिरहेका छन् ।’

आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले नेताहरुलाई प्रश्न गरे, ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?