+
+

सरकार उत्तीर्ण भयो, देश आर्थिक संकटको डिलबाट बाहिर आइसक्यो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १२:५६

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताले देखिने र बुझिने गरी आफू नेतृत्वको सरकार राम्रो अंकका साथ उत्तीर्ण भएको दाबी गरेका छन् ।

पहिलोपटक संसदमा विश्वासको मत लिँदा आफूले उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने प्रतिबद्धता गरेको भन्दै उनले अहिले सरकार ‘राम्रो नम्बर ल्याएर पास’ भएको दाबी गरेका हुन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै गएको बताए ।

नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतका सबै जिम्मेवारीमा सरकारले राम्रो काम गरेको उनको भनाइ छ ।

सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौं मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद, प्रशासनिक समन्वय परिषद तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको बताए ।

उनले देश आर्थिक सङ्कटबाट धेरै बाहिर आएको दाबी गरे । ‘हाम्रा सबैजसो आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् । त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहने छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरें । डेढ वर्षको अवधिमा प्राप्त यो आर्थिक उपलब्धि सानो होइन । म ढुक्कले भन्न सक्छु, देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?