+
+

स्वास्थ्य बीमाको शुल्क निर्धारण, कुन औषधिको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १३:२७

२८ असार, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जन गरेको नयाँ विवरण तथा दररेट सार्वजनिक गरेको छ । बोर्डले नयाँ दररेट १ साउनदेखि लागू हुने जनाएको छ ।

यसअघि गत २० वैशाखमा बसेको बोर्डको बैठकले परिमार्जनसहित दररेट लागू गर्ने निर्णय गरेको थियो । तर नयाँ दररेट भने २५ असारमा मात्रै सार्वजनिक भएको थियो ।

परिमार्जित दररेट तथा सुविधाहरूले प्याकेजबाट टुक्र्याइएको बीमित र सेवा प्रदायकलाई समेत सजिलो हुने अपेक्षा राखिएको छ ।

परिमार्जित दररेटमा ओपीडी टिकट ५० रुपैयाँ तोकिएको छ । जनरल बेड चार्ज प्रतिदिन २५० राखिएको छ । केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिको शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?