+
+

पहिरोमा परेर बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनका होटलले नि:शुल्क खाना खुवाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १३:४३

२८, असार, चितवन । चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले नि:शुल्क खाना खुवाउने भएका छन् ।

होटल व्यवसायी संघ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई नि:शुल्क खाना खुवाउने विज्ञप्ति निकालेर जानकारी दिएको छ । पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।

पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खान/बस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा नि:शुल्क खान बस्नको व्यवस्था गरिएको भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?