+
+

बुटवलका रवि थापाको हत्या आरोपी दुईजनाले गरे आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १४:२९
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापा। असार १९ गते छुरा प्रहारबाट उनको हत्या गरिएको थियो ।

२८ असार, बुटवल । छुरा प्रहारबाट हत्या गरिएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापाको हत्याका दुई आरोपीले आत्मसमर्पण गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

आत्मसमर्पण गर्नेमा बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार आत्मसमर्पण गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

गत जेठ २ गते कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहारबाट घाइते भएका बुटवल–७ निवासी ३६ वर्षीय रविको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको थियो । रविको हत्या आरोपीहरुले आत्मसमर्पण गरेकाले अब घटनाको थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारवाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै दबाबमूलक कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?