
२८ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अध्यक्ष प्रचण्डलाई आत्मसमीक्षाका लागि सुवर्ण अवसर मिलेको बताएका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले शान्ति प्रक्रियामा आएपछि माओवादी दुई वटा सरकारमा मात्र बाहिर रहेको स्मरण गरे । ‘यो सरकार, सिंहदरबार, बालुवाटार त्यहाँको रमझम हेर्दा आफैंमाथि समीक्षा गर्ने अवसर पाउनुभएन’ उनले भने, ‘अब कांग्रेस र एमालेले समीक्षा गर्ने समय दिँदैछौं ।’
‘कहाँ जानु थियो ? कहाँ आइयो । केका निम्ति हिँडेका थियौं ? कहाँ पुगियो ? कोसँग हिँड्न पर्ने थियो ? कोसँग हिँडियो । कुन बाटो हिँड्नुपर्ने थियो एकपटक सिंहावलोकन गर्नुस्, तपाईंको निम्ति महत्वपूर्ण समय उपलब्ध छ,’ भट्टराईले भने ।
माओवादी अध्यक्ष प्रचण्डबाट आफूहरुले आक्रोश नभई संयमताको अपेक्षा गरेको समेत उनले बताए ।
प्रतिक्रिया 4