+
+

रामहरिले नियमापत्ति गरेपछि रविले संसदको भाषण रोके

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १५:३८

२८ असार,काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने घोषणा गर्न रोष्ट्रममा पुगेका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने बोल्दाबोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे ।

शुक्रबार लामिछानेले संसदमा बोल्ने क्रममा कांग्रेस र एमालेमाथि प्रश्न उठाउँदै सरकारमार्फत् सुशासनको पक्षमा काम गर्दागर्दै छाड्नुपरेको भनाई राख्दै थिए । त्यस क्रममा उनले गृहसहित रास्वपाले सम्हालेका मन्त्रालयहरुको चार महिने प्रगति विवरण पनि पेश गर्न थाले ।

कांग्रेस सांसद खतिवडाले विश्वासको मतसम्बन्धी बहसबाट विषयान्तर किन भएको भनी तलबाट प्रश्न उठाए । सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले प्रष्ट गरिन्, ‘माननीय लामिछानेलाई गृहमन्त्री तथा रास्वपा सभापतिकै हैसियतमा बोल्न दिइएको हो ।’ त्यसपछि उनले लामिछानेलाई भनिन्,‘आफ्नो भनाई संक्षिप्तमा राख्न अनुरोध छ ।’

लामिछानेले तुरुन्तै प्रतिवाद गरे । सत्तामा आउन नपाउँदै आफ्नो पारा देखाउन थालिहालेको भन्दै उनले खतिवडातर्फ कटाक्ष गरे । बिहानीले दिनको संकेत गर्छ भन्दै उनले त्यस्तो सुरुवात गरेको भन्दै एक मिनेटमै भाषण टुंग्याए ।

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने छ । अहिले संसदमा विश्वासको मतबारे पक्षविपक्षमा सम्बोधन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?