+
+

मधेशका निवर्तमान अर्थमन्त्री साहले भने– बजेटमा त्रुटि भएकै हो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १६:०१

२८ असार, जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान अर्थमन्त्री भरतप्रसाद साहले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा त्रुटि भएको स्वीकार गरेका छन् ।

अर्थमन्त्रीका रूपमा साहले नै १ असारमा बजेट ल्याएका थिए ।

आफ्नो बिदाइ कार्यक्रममा उनले बजेटमा त्रुटि भएको स्वीकार गर्दै अनाधिकृत योजनाहरू प्रवेश भएको पनि बताए ।

संचारकर्मीको जिज्ञासामा उनले भने ‘बजेटमा त्रुटि भएकै हो । हामीसँग समयको अभाव थियो । असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । नभए प्रदेशलाई बजेट संकट हुन्थ्यो । एकदिन पनि बजेट करेक्सन सपुरकोडबाट गर्न पाएको भए समस्या हुन्थ्यो । अनाधिकृत योजनाहरु जुन देखिएका छन् त्यसलाई करेक्सन गर्न सक्थ्यौं ।’

उनले बजेटमा रहेको त्रुटि विनियोजन विधेयकमार्फत टुंग्याउने प्रयास भइरहेको पनि बताए । अब आउने अर्थमन्त्रीले त्यस कुरालाई गम्भीरतापूर्वक लिएर बजेटमा भएका कमीकमजोरीलाई सच्याउने उनको विश्वास छ ।

उनले छोटो समयमा ल्याइको बजेट र नीति तथा कार्यक्रम विगतभन्दा उत्कृष्ट रहेको बताए । जुन कार्यान्वयनपछि देखिने उनको भनाइ छ ।

साहले ल्याएको बजेट त्रुटिपूर्ण रहेको भन्दै विवादित बनेको छ । जसपा नेपालले यसलाई मुख्य मुद्दा बनाएर उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने, बजेट संशोधन गर्नुपर्ने माग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?