+
+

दक्षिणकालीको थाई गुम्बा पर्खाल भत्किँदा पुरिएकी नाबालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १७:१४

२८ असार, काठमाडौं। दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित थाई गुम्बा भनिने कर्मास्यामदेलिङ नुनुरी आनी थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हुनेमा ५ वर्षीया पल्जोम तामाङ छिन् । उनको  दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचारका क्रममा मृत्यु भएको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार पल्जोम केही समय पर्खाल भत्किँदा पुरिएर बेपत्ता भएकी थिइन् भने प्रहरीले घाइते अवस्थामा उनको उद्दार गरेको थियो ।

गुम्बाको पर्खाल भत्किँदा ६ जना नाबालिकाहरु पुरिएर घाइते भएका छन् । घाइते हुनेहरूमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मनकुमारी तामाङ रहेका छन् ।  उनीहरुको ५ जनाको  उपचार बल्खुस्थित बयोधा अस्पतालमा भइरहेको  प्रहरीले जनाएको छ ।

गुम्बाको कम्पाउण्ड पर्खाल भत्किएको प्रहरीले बताएको छ ।  उनीहरु सबै उक्त गुम्बामा बसेर पढ्दै आएका आनीहरु रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?