+
+

प्रधानमन्त्रीमा दाबी गर्न शीतलनिवास जाँदै कांग्रेस-एमाले नेताहरू

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते २१:१२

२८ असार, काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति भवन शीतलनिवास जाँदैछन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सवा ९ बजे एमाले-कांग्रेसका नेताहरू शीतलनिवास पुग्‍ने तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।

कांग्रेस-एमालेले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?