+
+

इस्मा–२ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र आफ्नै भवनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २९ गते १६:५९
इस्ला- २ को वडा कार्यालय

२९ असार, गुल्मी । जिल्लाको इस्मा गाउँपालिका– २ को वडा कार्यालय र छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्र आफ्नै भवनमा सरेका छन् ।

वडा कार्यालय भवन र छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले शनिबार शुभारम्भ गरेका हुन् ।

वडा कार्यालय भवनमा निर्माणका काम अझै बाँकी रहे पनि विस्तारै पूरा गर्दै जाने वडा नम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।

वडा कार्यालय र स्वास्थ्य कार्यालयको आफ्नै भवन नहुँदा वषौंदेखि भाडाको भवनबाट सेवा दिँदै आएका थिए ।

भवन उद्दघाटनका क्रममा शनिबार वडा कार्यालय भवन निर्माणमा जग्गा दान गर्ने स्थानीय टीका रेश्मी र छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि जग्गा दिने बमबहादुर रेश्मी र रामबहादुर रेश्मीलाई सम्मान गरिएको छ ।

वडा कार्यालय भवन ९२ लाख रुपैयाँ र छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्र ६९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?