+
+

ट्रम्पलाई गोली हान्ने २० वर्षे युवकको नाम एफबीआईले खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते ११:४५

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ ।

बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी  र्‍याली सम्बोधनका क्रममा गोली हान्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।

पेन्सिलभेनियामा चुनाव प्रचारमा सहभागी भइरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । कान र छेउछाउको भागमा घाउ लागे पनि ट्रम्प सुरक्षित छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?