+
+

अनमोलले सार्वजनिक गरे पारिश्रमिक बापत तिरेको करको रकम

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १२:०६

काठमाडौं । अभिनेता अनमोल केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक बापत तिरेको करको रकम खुलाएका छन् । निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिदलाई सार्वजनिक गरेका हुन् ।

अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको उनले खुलाएका छन् ।

पहिलोपटक कुनै फिल्म अभिनेताले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन् । यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ ।

‘हामीले पारिश्रमिक लिएर कर तिर्ने पारदर्शिता अपनाउन खोजेका हौं । यो कार्यले अरु फिल्ममेकर र कलाकारलाई पनि दबाब हुने अपेक्षा लिएका छौं,’ निर्माता अधिकारीले अनलाइनखबरसँग भने ।

अहिलेसम्म केही कलाकारले महंगो पारिश्रमिक बुझ्ने गरेको तर कति कर बुझाए भन्ने खुलेको थिएन । सरकारले पनि कलाकार र वकिलका लागि प्यान नम्बर अनिवार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?