+
+

मन्त्रीबारे निर्णय गर्न शेखर–गगन समूहको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १२:२८

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक बसेको छ ।

पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा कोइराला पक्षका नेताहरूको बैठक बसेको हो ।

कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?