+
+

अशोक राईले मागे यसअघि सम्हालेकै २ मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १४:३४
अशोक राई

३० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पुरानै मन्त्रालय मागेको छ ।

अध्यक्ष अशोक राईले यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपालाई दिइएकै मन्त्रालयहरु मागेको उनी निकट एक नेताले बताए । ‘हामीले पुरानै मन्त्रालयहरु मागेका छौं । छलफल चलिरहेको छ’, ती नेताले भने ।

प्रचण्ड नेतृत्वको सरकारमा राई नेतृत्वको जसपाले स्वाथ्य र वन तथा वातावरण मन्त्रालय पाएको थियो । तर गत १७ असारमा नेपाली कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएपछि जसपाबाट मन्त्री बनेका नेताहरु प्रदीप यादव र नोवलकिशोर साह सुडीले मन्त्री पदबाट राजीनामा बुझाएका थिए । जसपाले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

एमालेलाई साथ दिदै समर्थन फिर्ता लिएको जसपाले नयाँ मन्त्रिपरिषदमा पुरानै मन्त्रालयहरु दाबी गरेको हो । स्रोतका अनुसार, राईले मागेको मन्त्रालय संख्याप्रति ओली सकारात्मक नै छन् ।

‘अशोक राईलाई सँगै लिएर जान उहाँ (केपी ओली) तयार हुनुहुन्छ । तर मन्त्रालय कुन पाउने भन्ने छलफलबाट टुंगो लाग्छ’, एमालेका एक पदाधिकारी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?