+
+

अर्जुनरसिंह केसीको प्रस्ताव– शेखर वा गगनले सरकारमा नेतृत्व गर्नुस्, नभए म जान्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १५:००

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहका दुई नेतामध्ये एकले कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुपर्ने बताएका छन् ।

नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बसेको बैठकमा नेता कोइरालाले डा. शेखर कोइराला वा महामन्त्री गगन थापा पार्टीबाट सरकारमा सम्मिलित हुनुपर्ने जोड गरेका हुन् । शेखर वा गगन कांग्रेसबाट नेतृत्व गरेर नजाने भए आफूलाई पठाउन केसीले समूहको बैठकमा प्रस्ताव गरेका हुन् ।

सरकारमा कांग्रेसबाट जानेले गठबन्धनमा समन्वय गर्नसक्ने हुुनुपर्ने बताउँदै केसीले समूह बैठकमा भने, ‘शेखर जी जाने भए जानुस्, होइन भने महामन्त्री जानुस् ।’

शेखर र गगन सरकारमा नेतृत्व गरेर नजाने हो आफूलाई पठाउन केसीले आग्रह गरे । दुई शीर्ष तहका नेता नगए समूहबाट नेतृत्व गरेर जाने स्वभाविक व्यक्ति आफू भएको केसीले सुनाएका थिए । ‘तपाईंहरु जानुहुन्न भने शीर्ष तहका आधारमा मेरो दाबी रहन्छ,’ केसीले बैठकमा भनेका थिए ।

महामन्त्री थापाले पार्टीको जिम्मेवारीले गर्दा आफू सरकारमा जान सक्ने अवस्था नभएको नेताहरुलाई जानकारी गराएका थिए ।

‘२०८२ सालमा महाधिवेशन गर्नुपर्ने छ । संगठनमा काम गर्नुपर्ने छ । सरकारमा जाँदा पार्टीको काममा असर छ,’ थापाको भनाइबारे सहभागी नेता भन्छन्, ‘संसद भित्रबाट सरकारलाई सहयोग र उत्तरदायी बनाउने मेरो भूमिका हुन्छ ।’ समूहका नेता शेखरले सरकारमा जाने आफ्नो रुचि नै नभएको बैठकमा जानकारी गराएका थिए ।

नेता शेखर र महामन्त्री थापाले सभापति शेरबहादुर देउवासँग पाँच मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गरेको ब्रिफिङ गरेका थिए । बैठकले न्युनतम चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने निर्णय गरेको छ । सभापति देउवासँग छलफल गरेर संख्या टुंगाउन शीर्ष तहका नेतालाई जिम्मेवारी दिइएको छ ।

सहमहामन्त्री बद्री पाण्डेका अनुसार समूहबाट मन्त्री टुंगाउने जिम्मेवारी नेता, शेखर, उपसभापति धनराज गुरुङ र महामन्त्री थापालाई दिइएको छ ।

एमालेले नेतृत्व गर्ने सरकारमा कांग्रेसले ९ मन्त्रालय प्राप्त गर्ने चर्चा भए पनि शनिबारको कार्यसम्पादन समितिमा मन्त्रालयको संख्या घट्नसक्ने जानकारी गराइएको थियो । साना दलहरु पनि सरकारमा सहभागी हुने भएकाले मन्त्रालय घट्ने जानकारी गराइएको थियो ।

समूहको छलफलमा दुई ठूला दल मिलेर सरकार बनाउँदा परिणाममुखी कार्य गर्न नसके त्यसले ल्याउने निराशाका बारेमा पनि छलफल भएको थियो । नयाँ गति दिनका लागि अवसर र चुनौती उत्तिकै रहेको समूह बैठकमा छलफल भएको थियो ।

छलफलमा समूहका नेता कोइराला, उपसभापति गुरुङ, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?