+
+

१ साउनमा डिपोबाट इन्धन वितरण नहुने, उपभोक्तालाई असर नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते ११:२०
फाइल तस्वीर

३० असार, काठमाडौं । १ साउनका दिन नेपाल आयल निगमको डिपोहरूबाट पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने भएको छ । यद्दपि यसले उपभोक्तालाई भने कुनै असर नपर्ने नेपाल आयल निगमले जनाएको छ ।

नयाँ आर्थिक वर्ष सुरु हुने यस दिन आफ्नो बिलिङ प्रणालीलाई अपग्रेड गर्नुपर्ने भएकाले यस दिन डिपोबाट इन्धन बिक्री वितरण नहुने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

‘हामी सकेसम्म बिक्री वितरण नरोकी नै यो प्रणाली अपडेट गर्ने क्रममा छौं,’ उनले भने, ‘केही गरी रोकियो भने पनि त्यसले उपभोक्तालाई भने असर गर्दैन ।’

१ साउनमा पेट्रोल पम्पहरूमा आवश्यक पेट्रोलियम पदार्थ सोमबार नै अतिरिक्त पठाइने र सोमबारदेखि नियमित हुने हुँदा उपभोक्तामा भने असर नपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?