+
+

चोरी भएका २१ मोटरसाइकल भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १७:२१

३० असार, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २१ वटा दुई पांग्रे सवारी (मोटरसाइकल/स्कुटर) फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आइतबार २१ वटा दुई पांग्रे सवारी धनीलाई हस्तान्तरण गरेको हो । जसमा १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेको एसएसपी विश्वराज खड्काले बताए ।

हराएको तथा चोरी भएको भन्दै निवेदन दिएको आधारमा मोटरसाइकलको खोजी ट्राफिक प्रहरीले गरेको थियो । सो क्रममा केहीमा सक्कलै नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेर चलाएको अवस्थामा फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सिंहदरबार, कपन, कालिमाटी, नयाँ बसपार्क, गौशाला, बौद्ध, बुद्धनगर लगायतका क्षेत्रबाट २१ वटा दुई पांग्रे सवारी फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

योसँगै चालु आर्थिक वर्षमा मात्रै ४१७ थान सवारी साधन फेला पारेर धनीको जिम्मा लगाइएको ट्राफिकले जनाएको छ । यसै आर्थिक वर्षमा सवारी साधन चोरीमा ४१ जनालाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?