+
+

नयाँ परराष्ट्रमन्त्रीलाई श्रेष्ठको प्रस्ताव : केही समयका लागि मलाई भोलेन्टियर बनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १९:१२

३० असार, काठमाडौं । १८ महिना मन्त्री भएका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चार महिना परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाले । १० पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका उनले करिव ११ महिना गृह मन्त्रालयको नेतृत्व गरे ।

फागुन २०८० मा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि श्रेष्ठ परराष्ट्रमा पुगे । यसअघि पनि यो मन्त्रालयको नेतृत्व गरिसकेका श्रेष्ठ तुलनात्मक रुपमा सफल परराष्ट्रमन्त्री मानिन्थे ।

यो पटक मन्त्री बन्दा श्रेष्ठसामू रुसी सेनामा भर्ती भएका नेपालीको उद्धार, हमासले प्यालेस्टाइनमा आक्रामक गर्दा बन्धक बनाइएका विपिन जोशीको रिहाइ अनि छिमेकी मुलुक भारतसँग कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधान लगायतका एजेण्डा थिए । तर देखिने गरी प्रगति भएन ।

आइतबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा निःवर्तमान परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्दो पहल गरेको बताए ।

साथै नयाँ परराष्ट्रमन्त्रीलाई निकट रहेर साथ दिन चाहेको पनि उनले बताए । परराष्ट्र सम्बन्धलाई सही ढंगले अघि बढाउन र कूटनीतिक अभ्यास सही ढंगले होस् भन्ने चाहेको भन्दै उनले भने, ‘केही समयका लागि भोलेन्टियर (स्वयंसेवक) सल्लाहकार भए पनि बनाउनु न भनेर एउटा निवेदन त मैले हाल्नुपर्ला जस्तो छ ।’

उनले अगाडि भने, ‘केही काम छ यो मन्त्रालयको । त्यसलाई पूरा गर्न तपाईंको भोलेन्टियर बनाउनु न भन्न मन लागिरहेको मलाइ छ ।’

भोलेन्टियर नभएपनि यो काम गर्न राज्यको सबै पक्षहरुसँग छलफल, संवाद, अन्तर्क्रिया गर्ने र निरन्तर प्रयत्न गर्नेसमेत श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?