+
+

सिमलताल पहिरो : थप २ जनाको शवको सनाखत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते ८:३३

३१ असार, चितवन । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीका २३ वर्षीय सुदिप विक र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाको रुपमा सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सुदिप एन्जल डिलक्सको बसबाट काठमाडौं जाँदै थिए भने फिरोज गणपति डिलक्स बसबाट रौतहटको गौर जाँदै थिए ।

आइतबार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई वटा तथा पश्चिम नवलपरासीको सुस्तामा र भरतपुर महानगरपालिका २६ सिसुवामा एक/एक वटा फेला परेका थिए ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालका अनुसार त्रिशूलीमा बेवत्ता दुईवटा बसका ६५ यात्रुहरुमध्ये हालसम्म ११ जनाको मात्र शव भेटिएको छ ।

शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतालमा लेदो सहितको पहिरोले काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा पुर्‍याएको थियो । ३ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार अन्य यात्रुहरुको खोजीका लागि सरकारले खोजी जारी राखेको छ । खोजी कार्यमा भारत र बंगलादेशसँग पनि सहयोग मागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?