+
+

दानव नदीमा नुहाउन गएका १३ वर्षे बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते ९:०८

३१ असार, बुटवल । बुटवलको दानव नदीमा नुहाउन गएका १३ वर्षीय बालक डुबेर बेपत्ता भएका छन् ।

आइतबार दिउँसो चार बजेतिर दुई जना नुहाउन गएकामध्ये बुटवल उपमहानगरपालिका-१२ घर भएका अभिषेक पन्थी वेपत्ता भएका हुन् ।

पन्थी बुटवल-१३ सालघारीको एक्स आर्मी बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए । विद्यालयको परीक्षा सकेर घर गएपछि उनीहरु नुहाउन भन्दै खोलातिर गएका विद्यालयका प्रिन्सिपल शंकरप्रसाद भट्राईले जानकारी दिए ।

पन्थीसँग गएका अर्का बालक भने सुरक्षितरुपमा घर फर्केर घटनाबारे जानकारी गराएका थिए । बुटवल १२ र १५ को सिमानामा पर्ने टान्सपोर्ट भिलेज नजिकैको दानव खोलामा हालै मात्र नदीजन्य पदार्थ उत्खनन्को क्रममा बनेको गहिरो खाडल ताल जस्तै बनेको र त्यहीं विद्यार्थी डुबेको स्थानीयको भनाइ छ ।

विद्यार्थी वेपत्ता भएको १६ घण्टासम्म पनि उनको अवस्था पत्ता लगाउन नसक्दा बुटवल उपमहानगरपालिकाको विपद् व्यवस्थथापन क्षमतामाथि गम्भीर प्रश्न उठेको वडावासीहरुको गुनासो छ ।

सशस्त्र प्रहरी र स्थानीय बासिन्दा बेपत्ता बालकको खोजीमा रहेपनि सोमबार बिहान साडे ८ बजेसम्म फेला नगरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

नदीजन्य पदार्थ उत्खनन्का क्रममा गहिरो खाडल भएका स्थानहरू पहिचान गरी जोखिम क्षेत्र तोकेर त्यस्ता ठाउँमा जान प्रतिबन्ध गरेको भए यस्ता घटना रोकिने स्थानीयहरुको तर्क छ ।

यसअघि तिलोत्तमामा पनि स्थानीय तहले ठेक्का लगाएको ठाउँमा गहिरो खाडल खनिएकाले डुबेर एक जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?