+
+

लगातार दुई युरो फाइनल हारेपछि के होला प्रशिक्षक साउथगेटको भविष्य ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते ८:४८

३१ असार, काठमाडौं । लगातार २ युरो फाइनलमा पुर्‍याए पनि उपविजेतामै सीमित हुनुपर्दा इंग्ल्यान्डका प्रशिक्षक ग्यारथे साउथगेटले भविष्यबारे चर्चा सुरु भएको छ ।

५३ वर्षीय साउथगेट सन् २०१६ देखि इंग्ल्यान्डको प्रशिक्षक छन् । उनको हालको सम्झौता आउने डिसेम्बरमा सकिँदैछ । साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड लगातार दुई पटक युरो कप फाइनल सन् २०१८ को विश्वकप फाइनल र २०२२ को क्वाटरफाइनल खेलेको थियो ।

जर्मनीमा इंग्ल्यान्ड समूह विजेता बनेर नकआउट चरणमा पुगे पनि उनको आलोचना भएको थियो । समूह चरणमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेपछि समर्थकले साउथगेटलाई लक्षित गर्दै प्लास्टिक कपहरु फालेका थिए ।

साउथगेटले जहाँसम्म पुग्यो त्यसका लागि खेलाडीहरुलाई क्रेडिट दिनुपर्ने बताउँदै नजिक पुगेपछि त्यो अवसरलाई प्राप्त गर्नुपर्ने बताए ।

२०२० को युरो फाइनलमा घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको इंग्ल्यान्डले यस पटक घर बाहिर उपाधि जित्ने लक्ष्य राखेपनि सफल भएन ।

यद्यपि आफ्नो भविष्यबारे अझै निर्णय गर्ने समय नभएको प्रतिक्रिया दिएका छन् । जर्मनीको बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनसँग २-१ ले पराजित हुँदै लगातार दोस्रो पटक उपविजेता बनेपछि साउथगेटले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यस विषयमा मैले कुरा गर्ने यो समय होइन । मैले सही व्यक्तिगतसँग कुरा गर्नुपर्नेछ र मलाई केही समय दिनुपर्नेछ’, साउथगेटले बीबीसीसँग भनेका छन् ।

साउथगेटले आफ्नो ८ वर्षे प्रशिक्षणबारे भन्न कठिन हुने बताए । तर भविष्यमा इंग्लयाण्डले मुख्य प्रतियोगिताहरुमा भने सफलता पाउनेमा कुनै शंका नभएको उनले सुनाए ।

‘निश्चित रुपमा इंग्ल्याण्डलाई दुई फाइनलमा पुर्‍याउने काम अहिलेसम्म भएको थिएन । तर हामी यहाँ जित्न आएका थियौँ र हामीले त्यो प्राप्त गर्न सकेनौँ’, साउथगेटले भने, ‘इंग्ल्यान्डमा केही उत्कृष्ट खेलाडी छन् । हामीले निरन्तर रुपमा खेलमा फर्केका छौँ । तर अन्तिम चरणमा हामीले गर्न सकेनौँ ।’

इंग्ल्यान्डका कप्तान ह्यारी केनले आफ्नो खेलाडीहरुले प्रशिक्षकलाई धेरै माया गर्ने र उनका लागि उपाधि जित्न चाहेको बताएका छन् । यसअघि २०२१ मा पनि इंग्ल्यान्ड फाइनलमा हारेकोले यस पटक जसरी पनि जित्ने लक्ष्य थियो ।

इंग्ल्याण्ड लगातार दुई युरो फाइनल पहिलो टिम बन्दा साउथगेट लगातार दुई फाइनल हार्ने पहिलो प्रशिक्षक बने । इंग्ल्याण्डका पूर्व कप्तान एलान सियररले बीबीसी वान सँगको कुराकानीका साउथगेटको यो नै अन्तिम खेल हुन सक्ने बताए ।

यस्तै इंग्ल्यान्डका अर्का पूर्वस्ट्राइकर ग्यारी लिनेकरले साउथगेटका लागि अब समय सकिएको बताए । इंग्ल्यान्डका पूर्व डिफेण्डर रियो फर्डिनान्डले साउथगेटको विषयमा अब दी पुटबल एसोसिएसन (एफए) ले ठूलो निर्णय लिनुपर्नेबेला आएको बताए ।

इंग्ल्यान्डका फरवार्ड ओली वाट्किन्सले साउथगेटले टिमलाई एकजुट गराएको भन्दै उनले धेरै प्रंशसा पाउनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?