+
+

महोत्तरीमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो डाँका आरोपी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १०:२४

३१ असार, जनकपुरधाम । चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जना व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई प्रहरीले घुँडामुनि गोली हानेर पक्रराउ गरेको हो ।

उनलाई खोजतलासको क्रममा आइतबार राति साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका-५ खैरवनीस्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलालप्रसाद जयसवारले जानकारी दिए ।

डीएसपी जयसवारका अनुसार खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो । तर, उनी भाग्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रण लिएको डिएसपी जयसवारले बताए ।

गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीलगायत सीमा पारी भारतमा पनि पटक-पटक डकैतीमा संलग्न भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?