+
+

खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १०:३४

३१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ ।

महासचिव इस्तियाक राईका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय लिने सहमति भएको छ । त्यसअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्री थिए ।

२३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।

नवल किशोर साहको मन्त्रालय भने टुंगो लागेको छैन । यद्यपि महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।

उनी प्रचण्ड नेतृत्वको सरकारमा झण्डै चार महिना वन तथा वातावरण मन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?