+
+

नयाँ सरकारमा दुई उपप्रधानमन्त्री, पहिलो वरीयतामा प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १२:२२

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नयाँ सरकारमा दोस्रो वरीयतामा रहेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहलाई पार्टीबाट नेतृत्व गरेर सरकारमा पठाइएको छ । सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पछिको वरीयतामा सिंहले प्राप्त गरेका छन् । दुई जना उपप्रधान रहेको नयाँ सरकारमा एमालेका विष्णु पौडेल उप्रधान मन्त्री बनेका छन् । मन्त्रिपरिषदमा उनको तेस्रो वरीयतामा छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली सहित २१ जना मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । नयाँ सरकारमा कांग्रेसबाट ९ जना मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?