+

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

२०८१ असार  ३१ गते १२:२४ २०८१ असार ३१ गते १२:२४
हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

मुटुको रक्त प्रवाहित गर्ने धमनीहरूमा रोकावट आउँदा त्यहाँ रक्त सञ्चार अवरुद्ध हुन्छ । जसकारण मांसपेशीहरू मर्न थाल्छन् र मुटुको क्रिया प्रभावित हुन्छ । यसैलाई हार्ट अट्याक अर्थात् हृदयघात भनिन्छ । हृदयघात आकस्मिक दुर्घटना हो । हृदयघात हुनु भनेको मुटुको कार्य सञ्चालनमा अकस्मात अवरोध पैदा हुनु हो ।

एक पटक हृदयघात भइसकेको बिरामीलाई दोहोरिने सम्भावना उच्च हुन्छ । त्यसैले बिरामीहरू सचेत हुनुपर्छ । चिकित्सकले दिएको औषधि छुटेको छ भने त यस्तो सम्भावना झन् बढी हुन्छ ।

बिरामीको जीवनशैली निष्क्रिय छ, तौल नियन्त्रणमा छैन, कोलेस्टेरोल, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा छैन भने पनि हृदयघात दोहोरिने सम्भावना हुन्छ । साथै धुम्रपान, मद्यपान र तनावले पनि हृदयघातको सम्भावनालाई बढाउन सक्छ ।

दोस्रो हृदयघातको जोखिम कम गर्न ध्यान दिनुपर्ने कुरा

चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने

मुटु, कोलेस्टेरोल र रक्तचापका औषधिहरू मुटु स्वास्थ्यको महत्त्वपूर्ण भाग हो । यी समस्यालाई नियन्त्रणमा राख्न चिकित्सकको सल्लाहअनुसार औषधिको सेवन गर्नैपर्छ । उच्च रक्तचाप, मुटुको समस्या भएका व्यक्तिले चिसकत्सकले बोलाएको समयमा फलोअपमा पनि जानुपर्छ ।

धुम्रपान छोड्ने

धुम्रपान नगर्दा हृदयघातको जोखिमलाई आधा घटाउन सकिन्छ । त्यसैले हृदयघातबाट बच्न धुम्रपान छोड्नैपर्छ । त्यसका लागि धुम्रपान छोड्न मद्दत गर्ने औषधिहरूको बारेमा चिकित्सकसँग सल्लाह गर्न सकिन्छ ।

स्वस्थ आहार

स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट घटाएर खराब कोलेस्टेरोल र ट्राइग्लिसराइड स्तर कम गर्न सकिन्छ । यिनीहरू हृदयघात निम्त्याउने प्राथमिक कुरामध्ये एक हुन् । यस्ता खराब फ्याट कम गर्न धेरै तारेको, भुटेको र प्याकेट बन्द खानेकुरा कम सेवन गर्नुपर्छ । यस्ता खानेकुरालाई दैनिक आहारबाट हटाएर हृदयघातको जोखिमबाट बच्न सकिन्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्ने

कोलेस्टेरोल नियन्त्रण गर्न खराब खानपानशैली परिवर्तन गर्नुक साथै नियमित रुपमा व्यायाम पनि गर्नुपर्छ । खानपान र व्यायाम गर्दा पनि कोलेस्टेरोल नियन्त्रण भएको छैन भने चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । कोलेस्टेरोल नियन्त्रणमा राखेर पनि हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।

नियमित व्यायाम गर्ने

हृदयघातको जोखिम कम गर्न व्यायाम महत्त्वपूर्ण छ किनभने यसले हृदयको मांसपेशीलाई बलियो बनाउँछ । साथै यसले ऊर्जाको स्तर बढाउँछ र तौल व्यवस्थापन, कोलेस्टेरोल र रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ ।

मुटुलाई स्वस्थ राख्न र हृदयघातको जोखिमबाट बच्न दैनिक कम्तीमा ३० मिनेट हिंड्नु राम्रो हुन्छ । पहिले हृदयघात भइसकेको व्यक्तिले व्यायाम गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

तौल नियन्त्रण गर्ने

मोटोपनले दोस्रो हृदयाघातको जोखिम बढाउँछ । तौल नियन्त्रणमा राख्न चिकित्सकको सल्लाह लिनुपर्छ ।

बडी मास इन्डेक्स (बीएमआई)ले स्वस्थ मानिसको उचाइअनुसारको वजन कति हुनपर्छ भन्ने जनाउँछ । बीएमआई निकाल्नका लागि मानिसको उचाइ मिटरमा र तौल किलोमा नाप्नुपर्छ । अब उचाइमा आएको मिटरलाई दुई पटक गुना गरेपछि आउने प्रतिफलले तौललाई भाग गर्दा आउने अंक बडी मास इन्डेक्स हो ।

उच्च रक्तचाप नियन्त्रण गर्ने

हृदयघातलाई दोहोरिने जोखिम कम गर्न रक्तचापलाई पनि नियन्त्रणमा राख्नुपर्ने हुन्छ । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गरेर र जीवनशैली परिवर्तन गरेर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ ।

मानसिक स्वास्थ्यमा ध्यान दिने

डिप्रेसन, तनाव, चिन्ता र क्रोधले मुटु र समग्र स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ । त्यसैले मानसिक समस्याबाट बच्न तनावलाई व्यवस्थापन गर्नुपर्छ । पर्याप्त मात्रामा निदाउनुपर्छ । केही समस्या देखा परे चिकित्सकको सल्लाह लिनुपर्छ ।

मधुमेह नियन्त्रण गर्ने

मधुमेह नियन्त्रणमा छैन भने पुन: हृदयघात हुने सम्भावना उच्च हुन्छ । ब्लड सुगर नियन्त्रणमा भयो भने कोरोनरी धमनीहरूमा क्षति हुन पाउँदैन  । यसले रक्तनलीहरूलाई साँघुरो हुनबाट पनि रोक्न सक्छ ।

डा. अभिषेक ठाकुर हृदयघात
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?