+
+

राष्ट्रिय नाचघरमा नाटक ‘अनुत्तर’ मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १२:३८

काठमाडौँ । सद्भाव थिएटरले साउन १ देखि ७ गतेसम्म नाटक ‘अनुत्तर’ मञ्चन गर्ने भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा प्रत्येक साँझ साढे ५ बजे र अतिरिक्त शो दिउँसो साढे १ बजे हुने गरी मञ्चन हुने जनाइएको छ ।

नाटकको लेखन तथा निर्देशन राम केएसीले गरेका हुन् । सहनिर्देशन सुशीलालक्ष्मी महर्जनको रहनेछ भने रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहनेछ ।

अनागरिकको कथा-व्यथालाई नाटकमा प्रस्तुत गरिने जनाइएको छ । ‘पछिल्लो समय, आवाजविहीनको आवाज सत्तालाई कर्कश लाग्न थालेको महसुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगिरहेको देश र हाम्रो यथार्थ नै हो,’ आयोजकले विज्ञप्तिमा भनेको छ ।

‘युवाहरु यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । अतः यहाँ स्वप्नद्रष्टाहरूले पटमूर्खको पगरी गुथ्नुपर्छ, कि त उनले मरुभूमिको यात्रा तय गर्नुपर्ने हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो नाटक देश, जीवन र भविष्यसँगको मझधारमा धुलमुलिएर आफैं हराएका नागरिकता भिरेका अनागरिकहरूको सग्लो तस्वीर हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?