+
+

प्रधानमन्त्री ओलीको शपथमा प्रचण्डको बेचैनी

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ असार ३१ गते १३:०४

३१ असार, काठमाडौं । ‘मैले नेपाली कांग्रेससँग गठबन्धन छाडेर एमालेको प्रस्तावमा प्रधानमन्त्री हुँदा कांग्रेसका अध्यक्षको मनोविज्ञान मनस्थिति मैले जे अनुभूत गरें, आज मेरो उहाँको जस्तै स्थिति छ । आज मेरो त्यो स्थिति छ’, प्रतिनिधिसभाको २८ असारको बैठकमा पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए ।

कांग्रेस र एमालेबीच १७ असारमा नयाँ सरकार गठन गर्ने सहमति भएपछि प्रचण्डले त्यो दिन विश्वासको मत मागेका थिए । तर आफूले विश्वासको मत नपाउनेमा प्रष्ट रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको गुनासो गरे ।

१७ गते बिहानसम्म स्वर्ग गए पनि सँगै जाने, नर्क गए पनि सँगै जाने भनेपछि आफू मख्ख भएको उनले सुनाए । तर ओलीको षड्यन्त्र बुझ्न नसक्दा आफ्नो अवस्था १० पुसमा देउवाको जस्तै भएको भन्दै लामो सास लिएका थिए ।

कांग्रेससँग मिलेर चुनाव लडेका प्रचण्डले १० पुस २०७९ मा एकाएक एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

प्रचण्डको त्यो कदमले आफैं प्रधानमन्त्री बन्ने प्रयासमा रहेका देउवा निकै नै स्तब्ध भएका थिए । ११ पुसमा तत्कालीन प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहणमा समेत देउवाले त्यसलाई लुकाउन सकेका थिएनन् । निकै असहज देखिएका उनी पूरा अवधि बसेनन् ।

सोमबार प्रधानमन्त्री ओलीको शपथ समारोहमा प्रचण्डले पनि आफ्नो छटपटी लुकाउन सकेनन् । ओलीको शपथपछि कुर्सी हस्तान्तरण गरे । अनि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलको शपथपछि राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग बिदा मागेर हिंडे ।

हेर्नुहोस् थप तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?