+
+

मन्त्रालयमा नयाँ कृषिमन्त्री पुग्नुअघि कर्मचारीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १३:४०

३१ असार, काठमाडौं । सपथ ग्रहणपछि नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मन्त्रालय प्रवेश गर्नुअघि कर्मचारीहरुले धर्ना दिएका छन् ।

कृषि मन्त्रालयअन्तर्गत रहेका प्राविधिक कर्मचारीहरुको वृत्तिविकास माग गर्दै कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका हुन् । नयाँ मन्त्रीले आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मात्रै धर्ना कार्यक्रम स्थगित हुने कर्मचारीको भनाइ छ ।

कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार समायोजन गर्दा प्राथमिकता तय नभएको, विभिन्न दरवन्दीमा रिक्त हुँदा पनि पदपूर्ति नभएको कर्मचारीको गुनासो छ ।

संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत पुल दरबन्दीमा रहेका ३२८ जना कर्मचारीसमेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?