+
+

माला, खादा अस्वीकार गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले मागे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १३:५०

३१ असार, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार गरेका हुन् ।

‘बधाइ दिन आउनु हुने सम्पूर्ण प्रति मेरो सम्मान छ । यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै छु’, उनले भनेका छन्, ‘शुभकामना दिन आउनुहुने सबैमा माला, खादा, उपहार जस्ता चिजहरु नल्याइदिनु हुन अनुरोध गर्दछु । स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक थप सहयोग सल्लाह र सुझावको अपेक्षा गर्दछु ।’

मन्त्री पौडेललाई स्वागत गर्न मन्त्रालयमा स्वास्थ्य सचिव, मन्त्रालयका कर्मचारी, अस्पताल निर्देशकको भीड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?