+
+

क्यापको चौथो कार्ययोजना स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १६:३९

३१ असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले क्राइम एक्सन प्लान (क्याप)को चौथो कार्ययोजना स्वीकृत गरेका छन् ।

सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री लेखकले क्यापको चौथो कार्ययोजना स्वीकृत गरेका छन् । अपराध अनुसन्धानलाई प्रविधि मैत्री बनाउने उदेश्यले नेपाल प्रहरीमा क्याप कार्ययोजना लागू हुँदै आएको छ ।

चौथो त्रिवर्षीय कार्ययोजना २०८१/८२ देखि २०८३/८४ सम्मका लागि मन्त्री लेखकले स्वीकृत गरेका हुन् ।

यसअघि मन्त्री लेखकले चितवनको सिमलताल बस दुर्घटनाबारे छानबिन गर्न भन्दै गृहका सहसचिव छवी रिजालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति समेत बनाउने निर्णय गरेका थिए ।

प्राकृतिक प्रकोपको विपत्तीलाई उचित ढंगल व्यवस्थापन गर्नु गृहको तत्कालको काम रहेकाले सोही अनुसार अघि बढ्ने पनि मन्त्री लेखकले बताए ।

विधिको शासन कायम गर्न, शान्ति सुरक्षा कामग गर्न र अपराध नियन्त्रण गर्न केन्द्रीत भएर काम गरिने पनि उनले बताए । इमान्दारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता पनि मन्त्री लेखकले पदभार ग्रहणका क्रममा जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?