+
+

पीआर लिनेले राजनीतिक नियुक्ति नपाउने सहरी विकासमन्त्रीको पहिलो निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १८:००

३१ असार, काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पीआर लिने व्‍यक्तिले मन्त्रालय मातहतका कुनै पनि राजनीतिक नियुक्ति नपाउने गरी पहिलो निर्णय गरेका छन् ।

सोमबार सिंहदरबारस्थित सहरी विकास मन्त्रलायमा पदभार ग्रहण गर्दै मन्त्री सिंहले राजनीतिक नियुक्तिको मापदण्ड संशोधन गर्न कानुन तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए ।

उनले भने, ‘मन्त्रालय मातहतका राजनीति नियुक्तिको लागि एउटा मापदण्ड छ तर त्यसलाई सुधारेर विदेशको पीआर नलिएको हुनुपर्ने र राजनीतिक नियुक्ति हुनेले विदेशको स्थायी बसोबास अनुमति पत्र नलिएको स्वघोषणा गर्नुपर्ने हुन्छ । त्यसको लागि कानुन नै परिमार्जन गर्नुपर्ने भएको निर्णय उक्त काननु परिमार्जनको लागि कानुन मन्त्रालयमा पठाउने निर्णयमा हस्ताक्षर गर्नु भएको हो।’

स्थिरताको लागि ठूला दल मिलेका हौं : मन्त्री सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेको उपप्रधानमन्त्री सिंहले जनतामा सार्वजनिक सेवाको डेलिभरी दिएर निराशा चिर्न ठूला दल मिलेको दाबी गरे ।

सरकारमा दोस्रो वरीयतामा रहेका सिंहले पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ‘नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरताले जनतामा निराशा छ । जनताको गुनासो सुनेर निराशा चिर्ने गरि काम गर्न दुई ठूला दल मिलेर सरकार बनाएका हौं,’ उनले भने ।

 

उनले नेपालको शहरहरुलाई व्यवस्थित गरेर आधुनिक र जनताको चाहाना अनुसारको सुविधा प्रदान गर्नको लागि काम गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?