+
+

के पृथ्वीको भित्री हिस्सा उल्टो दिशामा घुम्न थालेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १२:३९

पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह तथा अन्तरिक्षका सम्बन्धमा विभिन्न खोज अनुसन्धान भएका छन् ।

विज्ञान तथा प्रविधिको तीव्रतर विकास भएको वर्तमान युगमा चन्द्रमा तथा मंगल ग्रहमा मानव बस्ती बसाल्ने विषयमा योजना बनिरहेका छन् । तर, यतिधेरै खोज अनुसन्धान भैसक्दा पनि भित्रीको भित्री हिस्सा अर्थात् कोरका विषयमा धेरै कुराहरू विज्ञानका नसुल्झिएका रहस्यकै रुपमा रहेका छन् ।

यस्तो हुनुको कारण पृथ्वीको भित्री हिस्सा निकै गहिराइमा रहनु हो । वास्तवमा पृथ्वीको केन्द्रविन्दुको गहिराइ पाँच हजार किलोमिटर छ । र, अहिलेसम्म पृथ्वीको सतहभन्दा १२ किलोमिटर तलसम्मका बारेमा मात्रै विस्तृत रुपमा अध्ययन भएको छ ।

पछिल्लोपटक क्यालिफोर्निया विश्वविद्यालय तथा चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरूले गरेको अध्ययनले पृथ्वीको सतहको तुलनामा पृथ्वीको कोर विस्तारै-विस्तारै विपरीत दिशामा घुम्ने गरेको देखाएको छ।

वैज्ञानिकहरुका अनुसार पृथ्वको कोरको घुम्ने गति सन् २०१० देख पछिल्लो १४ वर्षमा कम हुँदै गएको छ ।

तर पृथ्वीको सतहभन्दा ५ हजार किलोमिटरसम्म गहिरो पृथ्वीको केन्द्रमण्डल अर्थात् कोरसम्म नपुगिकनै वैज्ञानिकहरू यस निष्कर्षमा कसरी पुगे त ?

पृथ्वीको कोर विपरीत दिशामा घुम्नाले पृथ्वीको सतहमा कस्तो असर पर्दछ ?

पृथ्वीको संरचना र विभिन्न तहहरू

वैज्ञानिकहरुले पृथ्वीको संरचनालाई तीनवटा पत्र अर्थात् तहमा विभाजन गरेका छन्, जसमा क्रस्ट अर्थात् स्थलमण्डल, म्यान्टल अर्थात् मध्यमण्डल र कोर अर्थात् केन्द्रमण्डल रहेका छन् ।

हालसम्म केन्द्रमण्डल अर्थात् कोरका विषयमा विभिन्न धारणाहरु विद्यमान छन् । साथै कैयन् काल्पनिक कथाहरू पनि बनाएएका छन् । कोरमै आधारित सन् १८६४ को उपन्यास जर्नी टू द सेन्टर अफ द अर्थ र त्यसमा बनेका फिल्महरू पनि निकै लोकप्रिय छन् ।

पृथ्वीको केन्द्रमण्डल फलाम र निकेलले बनेको हुन्छ र गोलाकार हुन्छ । यसको अर्धव्यास १२२१ किमी छ भने तापमान ५४०० डिग्री सेल्सियस छ । यो भनेको सूर्यको तापमान ५७०० डिग्री सेल्सियसको लगभग बराबर हो ।

विगतमा भएका अध्ययनले पृथ्वीको अन्य हिस्साभन्दा कोर नितान्त भिन्न रहेको र यो एउटा धातुजन्य तरल पदार्थका माध्यमबाट पृथ्वीको भित्र स्वतन्त्र रुपबाट सञ्चालित हुने देखाएको थियो । जसअनुसार केन्द्रमण्डल पृथ्वीको केन्द्रीय भागमा स्वतन्त्र रुपमा घुम्दछ र त्यसक्रममा पृथ्वीका अन्य हिस्सासँग यसको सम्बन्ध रहँदैन ।

तर हालै भएको अध्ययनले चाहँ करिब ४० वर्षमा पहिलोपटक केन्द्र मण्डल पृथ्वीको सतहको विपरीत दिशामा घुम्ने गरेको देखाएको छ। जहाँ कोरको गति म्यान्टलको तुलनामा केही कम छ।

उत्खनन् विना कसरी प्राप्त हुन्छ केन्द्रमण्डलको जानकारी ?

भूकम्पका बेला उत्पन्न भूकम्पीय तरंगका माध्यमबाट उत्खनन विना नै पृथ्वीको कोरका बारेमा जानकारी हासिल गर्न सकिन्छ।

जब पृथ्वीको सतहमा ठुला भूकम्प आउँछन्, त्यसबेला उथलपुथलबाट उत्पन्न तरंगहरूको ऊर्जा पृथ्वीको आन्तरिक कोरमा जान्छन् र पुनः सतहमा फिर्ता आउँछन् ।

वैज्ञानिकहरूको एक टिमले ती तरंगबाट निस्किएको ऊर्जाको मार्गको जाँच गरे, जुन पृथ्वीको गहिराइसम्म जान्छ र सतहमा फर्किन्छ।

त्यसका लागि उनीहरुले सन् १९९१ देखि सन् २०२३ सम्म दक्षिण स्याण्डविच द्वीप समूह आसपास रेकर्ड गरिएका १२१ वटा भूकम्पको तथ्यांक विश्लेषण गरे ।

साथै उनीहरूले अध्ययनका लागि सन् १९७१ देखि १९७४ को बीचमा सोभियत संघले गरेका परमाणु हतियार परीक्षणका डेटासँगै फ्रेन्च तथा अमेरिकी परमाणु परीक्षणका डेटाको पनि उपयोग गरेका थिए ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?