
१ साउन, काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा दुई महिनाकी बालिकाको महाधमनी स्थानान्तरण शल्यक्रिया सफल भएको छ ।१७ असारमा ती बालिकाको शल्यक्रिया गरिएको थियो ।
बालमुटुरोग शल्यचिकित्सक डा. रवीन्द्र भक्त तिमलाको नेतृत्वमा भएको उक्त शल्यक्रियामा डा. मारिसा अर्याल, डा. विशाल सिंह, डा. बटु श्रेष्ठ लगायतका चिकित्सक समलग्नता थियो ।
बाल मुटुरोग शल्यचिकित्सक डा. रवीन्द्र भक्त तिमलाका अहिलेसम्म २० जना बालबालिकाको महाधमनीको स्थानान्तरण सफल भइसकेको छ । मुटुबाट निस्कने दुई मुल रगतका नलीहरु विपरीत कोष्ठबाट निस्केमा महाधमनी स्थानान्तरण शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
यस शल्यक्रियामा धमनीहरु काटेर अर्कोसँग जोडिन्छ । यसको साथै मुटुबाट निस्कने मुटुकै आफ्नै रक्तनली पनि काटेर अर्को धमनीसँग जोडिने र मुटु भित्रको रहेको पनि टाल्नुपर्ने डा. तिमलाले जनाकारी दिए ।
डा. तिमलाका अनुसार ब्राजिलका शल्यचिकित्सक जटीनीद्वारा विश्वमा पहिलो पटक सन् १९९५ मा महाधमनी स्थानान्तरण शल्यक्रिया गरिएको थियो ।
नेपालमा भने डा. तिमलाक नेतृत्वमा विसं २०६८ पहिलो पटक महाधमनी स्थानान्तरण शल्यक्रिया गंगालाल अस्पतालमा गरिएको थियो । डा. तिमलाका अनुसार ९ दिने बालकमा उक्त शल्यक्रिया गरिएको छ ।
प्रायजसो जन्मिएको ७ दिनदेखि दुई महिनाभित्र गर्नुपर्ने उक्त शल्यक्रिया रोग पहिचानको अभावले ढिलो अस्पतालमा आउने हुँदा मुटु र फोक्सोमा समस्या भई उचित उपचारबाट वञ्चित हुनुपर्ने डा. तिमला बताउँछन् । शल्यक्रिया र शल्यक्रियापछि हेरचाह पनि जटिल हुने उनी बताउँछन् ।
प्रतिक्रिया 4