+
+

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १४:३२

१ साउन, सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए ।

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?