+
+

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १५:३८

१ साउन, काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?