+
+

सार्वजनिक लेखा समितिको सभापतिमा माओवादीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते २१:०५

१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी प्रस्तुत गरेको छ ।

मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका सांसदहरूले यो विषय राखेका हुन् । समिति सभापति ऋषिकेश पोखरेलले राजनीतिक सहमति अनुसार अगाडि बढ्न आफू तयार रहेको जवाफ फर्काएका छन् ।

पोखरेल नेकपा एमालेका सांसद हुन् । उनी सभापति हुँदा ११ भदौ २०८० मा एमाले प्रमुख प्रतिपक्षी बेन्चमा थियो ।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसदहरू जनार्दन शर्मा, अमनलाल मोदी, लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको नेतृत्व गर्ने संसदीय अभ्यास रहेको बताए ।

‘लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले गर्ने अभ्यास रहेको विषयलाई हामीले औपचारिक ढंगले राख्यौं,’ दाहालले भने ।

जवाफमा समिति सभापति पोखरेलले यो विषयमा व्यक्तिगत रूपमा आफ्नो कुनै आपत्ति नरहेको बताए । तर विगतमा राजनीतिक सहमतिका आधारमा समिति गठन भएकोले फेरि पनि नयाँ निर्णय लिनका लागि राजनीतिक सहमति हुनुपर्ने उनले सुझाए ।

‘हिजो प्रतिनिधि सभामा बनेका समितिहरू राजनीतिक सहमतिका आधारमा बनेका हुन् । यसो भएको हुनाले अब पनि बन्ने राजनीतिक सहमतिमा एमाले बाधक हुँदैन । म पनि राजनीतिक प्रतिनिधि भएकोले त्यसलाई सम्मान गर्छु,’ सभापति पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?