+
+

प्रधानमन्त्रीले भने – म्यासेन्जरमा बधाई दिनू, भेटमा पनि खादा नल्याउनू

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते ८:१०

२ असाउन, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाटै शुभकामना दिन आग्रह गरेका छन् ।

शपथ लिएर पदभार ग्रहण गरेपछि बधाई दिनेको भीड लाग्ने भएपछि उनले फेसबुक म्यासेन्जर र अन्य डिजिटल माध्यमबाटै शुभकामना दिन भनेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आग्रह गर्दै लेखेका छन्, ‘प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिंदा साथीहरुको समयको पनि बचत हुन्छ ।’

उनले सकेसम्म म्यासेन्जरमा सन्देश पठाउन र भेटका क्रममा पनि खादारमाला प्रयोग नगर्न भनेका छन् । ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री र मन्त्रीले शपथ लिएसँगै सिंहदरबार र निवासमा समर्थक र कार्यकर्ताको भीड लाग्ने लागेको छ । सिंहदरबारमा रमिता नै हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?