
२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ ।
त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो ।
प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा संचालन हुने सेवा आयोगले सूचना जारी गरेको छ ।
अन्य संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ । तालिका आयोगको वेवसाइटमा प्रकाशित हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4