+
+

बैंकिङ प्रणालीबाट ३ खर्ब ७३ अर्ब तरलता खिचेको राष्ट्र बैंकले थप ५० अर्ब खिच्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १२:०३

२ साउन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।

स्थायी निक्षेप सुविधा मार्फत निरन्तर तरलता खिचिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्दै छ ।

नेपाल राष्ट्र बैंकको १ साउनको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा बढी भएको ३ खर्ब ७३ अर्ब तरलता खिचिएको छ । उक्त तरलता खिच्दा बैंकहरूले कायम गर्नुपर्ने ४ प्रतिशत अनिवार्य नगद मौज्दातको ३० प्रतिशत बैंकमा नै राख्न पाउने रकम समेत १ खर्ब रुपैयाँ अधिक तरलता छ ।

नेपाल राष्ट्र बैंकको ३० असारसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ८२अर्ब पुग्दा कुल कर्जा ५१ खर्ब ६० अर्ब पुगेको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.६१ प्रतिशतमा झरेको छ । यस्तै अन्तर बैंक ब्याजदर २.९३ प्रतिशत रहेको नेपाल राष्ट्र  बैंकले जनाएको छ ।

बुधबार २१ दिन अवधिको लागि ५० अर्ब तरलता खिच्ने भएको हो । उक्त निक्षेप संलकन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?