+
+

४ महिनापछि फिल्ममा फर्किए दयाहाङ, ‘कार्साङ’को वर्कसप सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १२:०७

काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिनदेखि काठमाडौंमा कार्यशाला चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मले वर्कसप थालेको हो ।

यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा जुटेको छ । फिल्मका मुख्य अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो ।

दयाहाङ यसअघि केही महिनासम्म ‘गाउँ आएको बाटो’मा ब्यस्त थिए । स्क्रिप्टले पूर्णता नपाएसम्म फिल्म नगर्ने निधो उनले गरेका थिए । यसबीच उनी अमेरिकामा आयोजित नेपाल अमेरिका फिल्म फेस्टिभलमा पनि सहभागि भए । उनी पछिल्लोपटक ‘घरज्वाइँ’कै छायांकनमा ब्यस्त थिए । अहिले हलमा पनि सोही फिल्म चलिरहेको छ ।

‘कार्साङ’को कुरा गर्दा, केही महिना अघि बौद्ध भिक्षुबाट स्क्रिप्ट पूजा गराइ शुभसाइत गरिएको फिल्म यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी छन् । नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन् ।

सृजनाले केही म्युजिक भिडियोमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’की विजेता समेत हुन् ।

फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहनेछ । फिल्मलाई यम शेर्पाले निर्देशन गर्दै छन् । यो उनको डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनको पटकथा तथा संवाद छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

छायांकार समेत रहेका पुरुषोत्तम प्रधान निर्माता हुन् । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने फिल्मको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्सन म्यानेजर छन् ।

केही दिनमै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा फिल्म छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?