+
+

चितवनमा रेलमार्ग सर्भे गर्न भन्दै आएको टोली स्थानीयको कब्जामा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १३:१४

२ साउन, चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्ने भन्दै आएको टोलीलाई चितवनको भरतपुर महानगरपालिका- ७ का बासिन्दाले नियन्त्रणमा लिएका छन् ।

सरकारबाट अनुमति लिएर आएको दाबी गर्ने आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित घेराउ गरेका हुन् ।

उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले अनलाइनखबरलाई जानकारी दिए ।

सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका-८ मा सर्भे गरेको थियो । आज वडा नं. ७ मा सर्भे गर्दागर्दै २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका हुन् ।

उनीहरुसँग सोधपुछ भइरहेको र कागजात माग गरिएको संघर्ष समितिका सचिव नेपालले जानकारी दिए ।

‘हामीले सरकारबाट अनुमति पाएको कागजात देखाउ भनेर मागिरहेका छौं, उनीहरुले देखाउन सकिरहेका छैनन्’, सचिव नेपालले भने, ‘कागजात नल्याएसम्म सर्भे गर्न दिँदैनौं । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।’

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ ।

यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संघर्ष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरुका बीचमा छलफलसमेत गरिएको थियो ।

त्यसबेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर, अहिले फेरि रेलमार्गका नाममा सर्भे थालिएपछि यहाँका स्थानीयहरु सशंकित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?