
२ साउन, काठमाडौं। चिनियाँ राजदूत छन सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजू राणा देउवासँग भेट गरेका छन् ।
बुधबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणालाई बधाईसहित राजदूत सोङले भेट गरेका हुन् ।
भेटमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको विषय तथा सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ राजदूत छनले भने उक्त भेटमा अर्को वर्ष चीन र नेपाल बीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरलाई मनाउने विषयमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4