+
+

सम्झौता नगरी काम गर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १६:४७

२ साउन, काठमाडौं । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका गृहमन्त्री लेखकले व्यावसायिकतामा सम्झौता नगरी काम गर्न निर्देशन दिएका हुन् ।

‘निष्पक्ष, पारदर्शी र व्यावसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौतापनि हुन सक्दैन । प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्छ । यसका लागि जेजति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सधै प्रतिवद्ध छ,’ मन्त्री लेखकले भने ।

गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए । सो क्रममा उनले कानुनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी समाजलाई न्याय दिन आग्रह गरे ।

नेपाल प्रहरीको इतिहास गर्व गर्नलायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतमा पनि शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपदको समयमा उद्दार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री लेखकले बताए ।

गृहमन्त्री लेखकले विपदको पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरी थप सक्रिय हुन निर्देशन दिए ।

प्रहरी संगठनलाई व्यवस्थित, क्रियाशील र सुदृढ बनाउनका लागि ऐनको समसामयिक संशोधन र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?