+

युरो २०२४ : फ्रान्सविरुद्ध यामलले गरेको गोल बन्यो ‘गोल अफ दि टुर्नामेन्ट’

२०८१ साउन  २ गते १७:२२ २०८१ साउन २ गते १७:२२
युरो २०२४ : फ्रान्सविरुद्ध यामलले गरेको गोल बन्यो ‘गोल अफ दि टुर्नामेन्ट’

२ साउन, काठमाडौं । स्पेनका लामिन यामलले फ्रान्सविरुद्ध गरेको गोल जर्मनी युरोकप २०२४ को उत्कृष्ट गोलमा चुनिएको छ ।

१–० ले पछि परेको अवस्थामा स्पेनका राइट विंगर यामलले डी–बस्क बाहिरबाट गरेको गोल ‘गोल अफ दि टुर्नामेन्ट’ चुनिएको हो । उक्त गोलका लागि अल्भारो मोराटाले यामललाई पास उपलब्ध गराएका थिए । २१ औं मिनेटमा यामलले फ्रान्सविरुद्ध गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ९ औं मिनेटमा केलियन एम्बाप्पेको पासमा मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि यामलको गोलमार्फत २१ मिनेटमै स्पेनले खेल बराबरीमा ल्याएको थियो ।

त्यसको ४ मिनेटपछि २५ औं मिनेटमा ओल्मोले अर्को गोल गरेपछि स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

गोल अफ दि टुर्नामेन्ट मात्रै यामलले प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडीको अवार्ड समेत जितेका थिए । त्यस्तै सबैभन्दा बढी ४ असिस्ट गर्ने खेलाडी पनि यामल बनेका थिए । उनले प्रतियोगिताभर १ गो गर्नुका साथै ४ असिस्ट गरेका थिए ।

त्यसैगरी युईएफएले टीम अफ दि टुर्नामेन्ट पनि सार्वजनिक गरेको छ । जसमा युरो च्याम्पियन स्पेनका ६ खेलाडी परेका छन् । जसमा फ्रान्सका गोलरक्षक माइक मैगाना परेका छन् ।

डिफेन्डरहरुमा इंग्ल्याण्डका काई वाकर, फ्रान्सका विलियम सलिबा, स्वीट्जरल्याण्डका म्यानुअ अकान्जी र स्पेनका मार्क कुकुरेला छन् । मिडफिल्डमा स्पेनका रोड्री, फाबियाओ रुइज र डानी ओल्मो परेका छन् । फरवार्डमा पनि स्पेनकै यामल र निको विलियम्स र जर्मनीका जमल मुसियाला परेका छन् ।

फ्रान्स यामल युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय