+
+

सिमलताल पहिरो : ज्यान गुमाएका भरतपुरवासीका परिवारलाई महानगरले किरिया खर्च २ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते २०:३२

२, साउन, चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरबासी यात्रुका परिवारलाई महानगरले किरिया खर्च स्वरुप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाको आज बसेको कार्यपालिका बैंठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय भएको महानगरका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।

गत असार २८ गते विहान सिमलतालबाट बस त्रिशूलीमा बस खस्दा भरतपुर महानगरपालिका वडा नं. २२ पदमपोखरीका २३ वर्षीय सुदिप वि.कको मृत्यु भएको थियो।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा विहेको फोटो भिडियो खिच्न काठमाण्डौं जाँदा उनी सिमलतालको पहिरोमा परेका थिए ।

उनको शव असार ३१ गते पूर्वी नवलपरासीको विनय त्रिवेणीबाट फेला परेको थियो। शव बुवा समबहादुर वि.क.ले सनाखत गरेर बुझिसकेको छन्। सिमलताल घटनामा चितवनबाट २ जना यात्रु परेका थिए।

अर्को सुदिप वि.कसँगै काठमाडौं जाँदै गरेका माडी नगरपालिका-१ का विकास परियारको पनि मृत्यु भएको थियो। उक्त बसमा २७ जना यात्रु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?