+
+

उच्च मूल्यबाट ३ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते ११:१५

३ साउन, काठमाडौं । बुधबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १८९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?