+

मेरो कपाल फुल्न थाल्यो, के गरौं ?

२०८१ साउन  ४ गते ११:४० २०८१ साउन ४ गते ११:४०
मेरो कपाल फुल्न थाल्यो, के गरौं ?

उमेर बढ्दै जाँदा छालासँगै कपालमा पनि बुढ्यौलीका लक्षणहरू देखिन थाल्छन् । उमेर बढ्दै जाँदा कपाल सेतो हुन थाल्छ, जसको संख्या बिस्तारै बढ्दै जान्छ । कपाल सेतो फुल्न थाल्यो, अब के गरौं, भन्नु भन्दा अघि फुल्ने कारण जान्नु जरुरी छ ।

हार्वर्ड र युनिभर्सिटी अफ साओ पाउलोले संयुक्त रुपमा गरेको एक अध्ययनले कपाल फुल्नुको पछाडिको विज्ञान पत्ता लगाएको छ । यस रिपोर्टमा भनिएको छ कि शरीरमा रहेको मेलानोसाइट स्टेम सेलका कारण कपाल सेतो हुन थाल्छ । यी स्टेम सेलहरूले शरीरमा मेलानिन उत्पादन गर्छन्, जसले कपाल र छालालाई रङ दिन्छ । जब ती स्टेम सेलहरूको संख्या कम हुँदै जान्छ तब कपाल फुल्न थाल्छ । वैज्ञानिकहरूले गरेको यस अध्ययनमा मेलानिन बाहेक धेरै बाह्य कारणले पनि कपाल सेतो हुनेको कारण हुनसक्ने बताएको छ ।

हाम्रो शरीरका रौंहरूमा मेलानिन नामक पिगमेन्ट सेल्स पाइन्छ । यी सेल्सले कपाललाई रङ दिन्छन् । तर समयसँगै पिगमेन्ट सेल्स मर्दै जान्छ र कपाल सेतो हुन थाल्छ ।

उमेर भन्दा अघि कपाल फुल्ने कारण

वंशाणुगत कारण

उमेर भन्दा अघि कपाल फुल्नुको मुख्य कारणमध्ये एक वंशाणुगत हो । कुन उमेरमा कपालले पिगमेन्ट गुमाउँछ भन्ने वंशाणुगत तत्त्वले निर्धारण गर्छ । केही व्यक्तिको २० वर्ष नहुँदै पिगमेन्ट हराउन थाल्छ र कपाल सेतो हुन्छ । यो समस्या सिधै जिनसँग जोडिएको हुनसक्छ । अर्थात्, आमा–बुवा वा हजुरबा–हजुरआमाको समयभन्दा अगाडि नै कपाल फुल्ने समस्या थियो भने उनीहरूको सन्तानमा पनि यस्तो हुन सक्छ ।

धुम्रपान

कम उमेरमा कपाल फुल्नुमा धुम्रपानको पनि सम्बन्ध हुन्छ । चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गर्दा रक्तनली साँघुरो हुन्छ र कपालको जरामा पर्याप्त रगत पुग्दैन । यो पनि कम उमेरमा कपाल फुल्नुको कारण हो ।

तनाव

तनावले शरीरका साथै कपाललाई पनि नोक्सान पुर्‍याउँछ । तनावका कारण मेलानोसाइडलाई नष्ट गर्ने खालको रसायन उत्पादन हुन्छ, जसले गर्दा कपाल फुल्छ । तनावका कारण निद्रा नलाग्ने, चिन्ता लाग्ने, भोक नलाग्ने, उच्च रक्तचाप जस्ता समस्या पनि आउन सक्छन् । धेरै तनाव लिने व्यक्तिको कपाल समयभन्दा पहिले नै सेतो हुन थाल्छ भनेर विभिन्न अनुसन्धानले पनि भनेका छन् ।

पोषक तत्त्वको कमी

शरीरमा कतिपय पोषक तत्त्व अभाव भएमा कपाल फुल्छ । जस्तो भिटामिन बी–६, बी–१२, बायोटिन, भिटामिन डी वा भिटामिन ई, खनिज र प्रोटिनको कमीले कपालमा प्रभाव पार्न सक्छ र कपाल फुल्न सक्छ ।

रसायनको प्रयोग

अहिले विभिन्न किसिमको रसायन लगाउने प्रवृत्ति पनि व्यापक छ । त्यसको साइड-इफेक्टले कपाल फुल्न सक्छ ।

हर्मोनको गडबडी

थाइराइड, हर्मोनको गडबडी जस्ता समस्याले समेत कपाल फुल्न सक्छ ।

फुलेको कपाल उखाल्न हुन्छ कि हुँदैन ?

फुलेको कपाल उखाल्न हुँदैन । किनकि कपाल उखेल्नु भनेको फुलेको कपालको संख्या क्षणिकका लागि घटाउने मात्र हो । उखेलेको ठाउँमा नयाँ कपाल पलाउँदा पनि सेतो नै पलाउँछ किनकि कपालमा रङ दिने  पिगमेन्ट सेल्स मरिसकेको हुन्छ ।

कपाल उखाल्दा जरामा चोट लाग्यो भने कपाल नै नपलाउने समस्या हुनसक्छ । साथै कपालको जरामा संक्रमण भएर घाउ पनि हुनसक्छ ।

प्राकृतिक रुपमा कालो बनाउन सकिन्छ ?

अहिलेसम्म कपाललाई फुल्नबाट रोक्ने ठोस उपचार छैन । सेतो कपाललाई रासायनिक रूपले कालो बनाउने मात्र हो । यो दीर्घकालीन भने हुँदैन । त्यस्तै केही व्यक्तिलाई रसायनले एलर्जी लगायत समस्या पनि हुनसक्छ । यदि कपाललाई कृत्रिम रूपले कालो नै बनाउने हो भने अर्गानिक मेहेन्दी लगाउन उपयुक्त हुन्छ ।

समयअगावै कपाल फुल्नबाट जोगाउने उपाय

समय भन्दा पहिले कपाल फुल्ने समस्याबाट बच्न जीवनशैली, खानपानमा विशेष ख्याल गर्नु जरुरी छ । सन्तुलित र पोषणयुक्त खाना खाने, खानामा प्रोटिन, भिटामिन, आइरन लगायत तत्त्व समावेश गर्नुपर्छ । प्रशस्त मात्रामा ताजा फलफूल र तरकारी खानुपर्छ । धुम्रपान छाड्ने र सम्भव भएसम्म तनाव व्यवस्थापन गर्नुपर्छ ।

कपाल फुल्नु छाला तथा सौन्दर्य रोग डा. विकास पौडेल
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?