+
+

मधेश सरकारमा कांग्रेसका ४ मन्त्री नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १७:५२

३ साउन, जनकपुरधाम । मधेश सरकारमा नेपाली कांग्रेसबाट चार मन्त्री नियुक्त भएका छन् ।

कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरुलाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुख कार्यालयमा सिफारिस गरेका थिए । प्रदेश प्रमुख कार्यालयले उनीहरुको नियुक्ति गरेको हो ।

बिहीबार साँझ ७ बजेट उनीहरुको सपथ कार्यक्रम राखिएको छ । यस्तै जनमतबाट विना विभागीय मन्त्री रहेका मो.सकिल अहमदलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी दिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

लोसपासँग कुरा नमिलेपछि लोसपा सरकारमा सहभागी भएन । अब मुख्यमन्त्रीसित गृह सञ्चार मन्त्रालय मात्र बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?