+
+

काठमाडौं महानगरमा सेवाग्राही सर्वेक्षण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १८:२८

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि सेवाग्राही सर्वेक्षण सुरु गरेको छ ।

सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेका छन् ।

‘महानगरमा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि बेञ्च मार्किङ गर्दैछौं । एकल सेवा केन्द्र सञ्चालनमा आइसके पछिको सेवाप्रवाहमा आएको परिवर्तनलाई तथ्यसहित मापन गर्न यसले आधार प्रदान गर्नेछ । आगामी वर्ष यही समयमा यस्तै सर्वेक्षण गरेपछि नतिजा थाहा हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने ।

तुलनात्मक विवरणबाट मापन योग्य अवस्था प्राप्त हुने भन्दै उनले काम भएको देखिने तर सेवाग्राही सन्तुष्ट नहुने अवस्था नआओस् भन्नको लागि सर्वेक्षण सुरु गरिएको बताए ।

फारममा २८ प्रश्नावली

सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन् ।

यी प्रश्नहरूका वैकल्पिक उत्तर दिइएका छन् । सर्वेक्षणका लागि २ जना इन्टर्न विद्यार्थी र १ जना नगर प्रहरी खटाइएको छ ।

सर्वेक्षणमा सहभागी हुने सेवाग्राहीलाई ५ वटा मास्क प्रदान गरेर हार्दिकता प्रकट गरिने महानगरले जनाएको छ ।

अन्य दिन १२ बजेदेखि ५ बजेसम्म र शुक्रबार १२ बजेदेखि ३ बजेसम्म भराइने सर्वेक्षण सेवाग्राहीको स्वेच्छिक हो । पहिलो चरणमा ५ सय जना सेवाग्राहीले फाराम भरेपछि यसको विश्लेषण हुने परियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?